×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विराटनगर महानगरपालिकामा बम विष्फोट, मेयरलाई निशाना

विराटनगर – विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । प्रहरीले मेयर भीम पराजुलीलाई निशाना बनाएकाे छ । बम कसले र किन गर्याे भन्ने एकिन भइसकेकाे छैन् ।
बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ । विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो ।
प्रहरीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ । आइतबार दिउँसो २ बजे मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको हो । प्रहरीले कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।
बम मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा विस्फोट भएको हो । बम विस्फोटले महानगरपालिका कार्यालयको झ्यालका सिसा फुटेका छन् । दराजमासमेत क्षति पुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: