×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कन्काइ नगरपालिकाको कार्यालय नजिकै बम विस्फोट, थनकोटमा बम भेटियो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

कन्काइ नगरपालिकाको कार्यालय नजिकै बम विस्फोट, थनकोटमा बम भेटियो

काठमाडौँ – काठमाडौँको थानकोटमा प्रेसर कुकर बम फेला परेको छ । स्थानीयका अनुसार महाशक्ति पेट्रोल पम्प नजिकै बम देखेपछि होहल्ला भइरहेको छ । उक्त स्थानमा बम भेटिएपछि स्थानीले प्रहरीलाई खबर गरेका छन् ।
त्यसैगरी अज्ञात समूहले झापाको कन्काइ नगरपालिकाको कार्यालय नजिकै बम विस्फोट गराएको छ । मंगलबार विहान भएको विस्फोटमा मानवीय क्षति नभएको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोधमा आह्वान गरिएको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौँमा सवारी साधान कम मात्रामा चलेका छन् भने लामो दूरका सवारी साधान बम पार्क र विभिन्न पार्किङस्थलमा रोकिएका छन् । शैक्षिक संस्था पूर्ण रुपमा बन्द छन् ।
काठमाडौँ बाहिर भने पूर्ण रुपमा बन्द छ । बजार, उद्योग कलकारखाना, शिक्षण संस्था, यातायात पूर्ण रुपमा बन्द छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: