×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापूच्छ्रे बैंकको ब्रान्ड एम्ब्यासडरमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

माछापूच्छ्रे बैंकको ब्रान्ड एम्ब्यासडरमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी नियुक्त

काठमाडौँ – माछापूच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडर नियुक्त गरेको छ । बैंकले शुक्रबार एक पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी ब्रान्ड एम्ब्यासडरहरुलाई सार्वजनिक गरेको हो । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए ।
मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसक्नुभएको मिरा राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छिन् । मिरा राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् । विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी नेपाली धाविका मिरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल भएकी थिइन् ।
त्यसै गरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्कनुभएको शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी हुन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उहाँको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन् । उनको दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरको थियो ।
आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गर्नुभएको गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनीलेआफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य लिएका छन् ।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्ध गर्न पाउन गौरवको विषय रहेको बताए । बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने कुरामा आफु विश्वस्त रहेको बताए । बैंकका अध्यक्ष रोशन के. सी. ले पनि आफ्नो मन्तव्यमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी लाई माछापूच्छ्रे बैंकको सदस्यका रुपमा स्वागत गरे ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: