×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खानेपानी आयोजना विस्तार गर्न ६८ करोडको वित्तिय सम्झौता

  • अर्थ सरोकार सम्बाददाता/वुद्ध तामाङ
भोजपुर – सदरमुकाममा खानेपानीको समस्या समाधन गर्न तेस्रो शहरी खानेपानी तथा सरसफाई क्षेत्र अन्तर्गत भोजपुर नगर खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयनको लागि वित्तिय सम्झौता सम्पन्न भएको छ । सदरमुकामवासीले लामो समयसम्म खानेपानीको समस्या झेल्दै आएका भोजपुरमा तिनभंगाले खानेपानी सञ्चालन गर्न सम्झौता भएको हो । 
सम्झौतका लागि आयोजना व्यवस्थापन कार्यालयका आयोजना निर्देशक रामचन्द्र शाह, नगरविकास कोषका कार्यकारी निर्देशक मणिराम सिंह महत, भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले र सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिका अध्यक्ष प्रविण सुवाल वीच सम्झौता भएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्त समितिका उपध्यक्ष लिलामाया तामाङ बताइन् । खानेपानी आयोजना कार्यान्वय गर्नका लागी ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ बराबरको वितिय सम्झौता भएको उपभोक्ता समितीका उपाध्यक्ष तामाङले जानकारी दिइन् । 
०७२ सालको महाभुकम्पले खानेपानीको मुहान क्रमिक रुपमा घट्दै गएपछि भोजपुर सदरमुकाममै केहि वर्षयता खानेपानीको लोडसेडिङ्ग हुदै आइरहेकोे वेलामा नयाँ मुहान विस्तार गर्न प्रस्तावित खानेपानी योजना कार्यान्वयन भएको खण्डमा २४ सै घण्टा नेशनल ड्रिङिकङ्ग वाटर क्वालीटी स्टेन्डर्ड (एन.डि.डब्लु.क्यु,एस.) को मापदण्ड अनुसार शुद्ध पानी उपभोक्ताको घरघरमा आउने उपभोक्ता समितीका उपाध्यक्ष लिलामाया तामाङले बताईन् ।
विस्तार गरिने योजनाका लागि नेपाल सरकारको ७० प्रतिशत अनुदान, नगर बिकास कोषको २५ प्रतिशत लागत र उपभोक्ताहरुबाट ५ प्रतिशत लागतको तेश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत एशियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष २५ प्रतिशत र उपभोक्ता समितीबाट पाँच प्रतिशत गरी कुल ७० करोड ९१ लाख ९९ हजार एक सय ९४ रुपैया लागतको उक्त आयोजना सञ्चालन गर्न लागिएको उपभोक्त समितिका उपाध्यक्ष तामाङले बताइन् । 
ट्याम्केमैयङ्गको वडा नं.–१ तिम्माबाट सरदरमुकामसम्म खानेपानी ल्याउनको लागि करिब ३२ किलोमिटर छ भने करिब ४५ किलोमिटरको वितरण प्रणाली रहेको उक्त आयोजनाबाट हाल एक हजार तीन सय २९ घरधुरी लाभान्वित हुने समितिले जनाएको छ । 
विगत ५ वर्षदेखि सदरमुकाममै हरेक वर्ष चैत र बैशाखमा मात्र खानेपानीको हाहाकार मच्चिने गरेको सदरमुकाममा यो वर्ष भने असार र साउन १८ गतेसम्म खानेपानीको लोडसेडिङ्ग भएको थियो । खानेपानी नियमित नहुदाँ विशेषगरि सदरमुकाममा बसोबास गर्ने विद्यार्थी, गृहिणीहरु खानेपानी समस्याले सबैभन्दा बढि मर्कामा पर्दै आएका छन् । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रभाव पारेको देखिन्छ ।
जिल्लाकै बढि जनघनत्व रहेको सदरमुकामका करिब १ हजार ३ सय ८५ घरधुरी उपभोक्ता धानिरहेको सिलिचुङ खानेपानी तथा मूलउपभोक्ता समितीले अहिले एकदिनमा २ लाख लिटर पानी वितरण गरिरहेको छ । दैनिक करिब ४ लाख ५० हजार लिटरको हाराहारीमा खानेपानी आवश्यकता परेकोमा हाल समितीले दुई प्याकेजमा एकदिनको समयान्तरमा खानेपानी वितरण गरिरहेको छ । खानेपानीको मूल मुहान रहेको भोजपुर नगरपालिका ५, बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँगुका मुहानका सतह क्रमिक रुपमा बर्षेनी घट्न थालेपछि समस्या झेल्नुपरेको समितीका अध्यक्ष प्रविण सुवालले बताए । 
मुहानका सतह घटेसंगै जिल्ला अस्पताल, कारागार, शिक्षा कार्यालय, जिल्ला समन्वय समिती, सशस्त्र प्रहरी बल, प्रहरी र नेपाली सेना गरी ७ वटै संवेदनशिल सरकारी स्थानमा पनि खानेपानीको आपूर्ति समस्या हुने गरेको छ । जहाँ चौबिसै घण्टा खानेपानीको आवश्यक पर्छ । मुहानबाटै खानेपानी कम आउने थालेपछि सोहि अनुपातमा वितरण गर्न बाध्य भएको अध्यक्ष सुवालले बताए । उनले खानेपानीको क्षमता प्रतिसेकेन्ड १४ लिटर भएपनि ८ लिटरमा घटिसकेको बताए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: