निकै गाह्रो मानिने सिएको परिक्षामा अहिलेसम्मकै रेकर्ड तोडेपछि टपरहरुको यो हाँसो... यो उमङ्ग...! (फोटो कथा)

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गतको चार्टड एकाउन्टेन्सी अर्थात सिएको परीक्षाको नतिजा अगष्ट १४ मा सार्वजनिक भएपछि अगष्ट १५ को विहानी बाजबजारस्थिति गुरुकुल सिएको माहोल केहि बेग्लै देखिन्थ्यो । नहोस् पनि किन, निकै गाह्रो मानिने यो कोर्ष, र त्यसमा पनि आइक्यानको इतिहासमै सबैभन्दा बढी अंक ल्याएर गुरुकुलका विद्यार्थी बिकास डंगोलले 'आइक्यान टप' गरेका थिए । गुरुकुलले पहिलो पटक नेपाल टप रिजल्टमात्र ल्याएको थिएन, अर्कोपटक तोडीनका लागि निकै कठिन 'बार' सहितको नतिजा ल्याएका थिए गुरुकुल सिएका विद्यार्थीहले । 

संगै अरु दुइ टपरको नतिजा कम्ती दमदार थिएन । पास हुनेहरुको खुसी उस्तै । यहि बीच खुसीका माला लगाइदिने, विजयका अबीर दलिदिनेमात्र होइन आफ्ना गुरुहरुलाई विद्यार्थीहरुले मिठाइ बाँडीरहेको पल कम्ती हर्षले भरिएको थिएन ।  मेहेनतले पाएको यो खुसीमा सबै दङ्ग थिए । बाँकी त तस्विरमा उनीहरुको उमङ्ग पक्कै झल्किएको नै छ ।  

प्रकाशित : Thursday, August 16, 2018

recent

Popular Posts