×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चिलिमे हाइड्रोपावर उकाली लाग्ने प्रयासमा, खुद नाफा ०.१८ %ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीले ९३ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.१८% ले धेरै हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ९३ करोड ७१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
चिलिमेको विद्युत बिक्रीबाट आम्दानी भने ४.८८% घटेर १ अर्ब १३ करोड ८४ लाख ९० हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको तुलनामा बिजुली बिक्रीको आम्दानी घटेपनि खर्च कटौती गरेका कारण खुद नाफामा सामान्य सुधार भएको हो । विद्युत बिक्री गर्न अघिल्लो वर्ष १३ करोड १८ लाख रुपैयाँ खर्च भएकोमा यसपालि ११ करोड ९७ लाख रुपैयाँ मात्र खर्च भएको छ । यसैगरी, प्रशासनिक खर्च ७ करोड ३५ लाख रुपैयाँबाट घटाएर ४ करोड ६२ लाख रुपैयाँमा सीमित गरेको छ ।
चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा सेयर पुँजी १५% ले बढेको हो । यसको रिजर्भ कोषमा ४ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । चिलिमेको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ६७ पैसा रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १४ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: