सामाजिक उत्तरदायित्वमा सिभिल बैंकको सहभागिता, बालविकास समाजलाई २ लाख रुपैयाँ प्रदान

काठमाडौँ - सिभिल बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बालविकास समाजलाई २ लाख रुपैयाँको सहयोग गरेको छ । सिभिल बैंकका चिफ बिजनेश अफिसर सुजितकुमार शाक्यले बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका थिए ।

बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाँचखालमा सञ्चालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकको कक्षा १० सम्मको सम्पूर्ण खर्च बेहोर्दै आइरहेको छ ।
प्रकाशित : Sunday, August 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal