×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओली सरकारका मन्त्री धनबहादुर बुढा राजीनामा दिँदै, यस्तो छ भित्रि कारण

काठमाडौं – डोल्पाका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले पदबाट राजीनामा दिने भएका छन् ।
नेकपाका सांसद बुढा गत निर्वाचनमा डोल्पाबाट ११ हजार ६ सय ६१ मत ल्याएर विजयी भएका थिए । सांसद पदबाट राजीनामा दिए पनि संवैधानिक व्यवस्थाअनुसार बुढा ६ महिनासम्म राज्यमन्त्री बन्न पाउने छन् ।
स्रोतका अनुसार सांसदसँग उनले मन्त्रीबाट पनि राजीनामा दिने तयारी गेरका छन् । आगामी एक साताभित्र उनको राजीनामा आइसक्ने नेकपा उच्च स्रोतले जानकारी दियो । नेकपा सचिवालय सदस्य बामदेव गौतमले सांसद बन्न रहर गरेपछि उपनिर्वाचन गराउनका लागि बुढाले राजीनामा दिन लागेका हुन् । बादवेम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट काँग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
तत्कालिन एमाले र नेकपा माओवादी केन्द्रले अन्तर्घात गरेका कारण आफू पराजित भएको भन्दै बामदेवले अहिलेसम्म पनि भेटेका जति सबैलाई गुनासो सुनाउने गरेका छन् । सांसदले राजीनामा दिएपछि रिक्त स्थानमा निर्वाचन आयोगले एक महिनाभित्र उपनिर्वाचन गराइसक्नुपर्छ । उपनिर्वाचनमा गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाको छ ।
अध्यक्ष पुष्पकमल दामाल प्रचण्डले बामदवेलाई उपनिर्वाचनमा उम्मेदवार बन्न ‘गो अ हेड’ को सिग्लन दिइसकेका छन् । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओली भने अझैसम्म बामदेवलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउन नहुने पक्षमा छन् । यद्यपि उनलाई ‘कन्भिन्स’ गर्ने जिम्मेवारी प्रचण्डले लिएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: