×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दीपकराज जाेशीलाई कांग्रेसले बोक्यो, संसदमै चर्काचर्की

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

दीपकराज जाेशीलाई कांग्रेसले बोक्यो, संसदमै चर्काचर्की

काठमाडौँ – प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सनुवाइ समितिले अस्वीकृत गरेको विषयमा संसदमा चर्काचर्की छ ।
सुनुवाइ समितिले गत शुक्रबार जोशीलाई अस्वीकृत गरेको थियो । संसदको बैठकमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले विना आधार र कारण जोशीलाई रहस्यमीय ढंगले अस्वीकृत गरिएको बताए । कार्की सुनुवाइ समितिका समेत सदस्य हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार नियन्त्रित र निर्देशित न्यायलयको पक्षमा अघि बढेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले साउन १८ गते संसदीय समितिको बैठकले बिना कारण र आधार प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दिपकराज जोशीको सिफारिसलाई बहुमतको बलबाट अस्वीकृत गर्ने निर्णय गरेको भन्दै गम्भीर आपत्ती जनाए ।
उनले जोशीलाई सिफारिस गर्ने संबैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे । उनले भने, ‘जोशी अयोग्य हुनु भनेदेखि त्यो नामलाई सिफारिस हुने समितिका अध्यक्ष सम्मानीय प्रधानमन्त्रीको अवस्था के हुने ? उहाँले कानुनी, नैतिक र राजनीतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? यो नेपाली जनताले प्रश्न गरेका छन् । अयोग्यलाई सिफारिस गर्ने प्रधानमन्त्रीले उहाँकै दलबाट उहाँको प्रस्ताव अस्वीकृत भईसकेपछि त्यो पदमा प्रधानमन्त्रीले नैतिक रुपमा बस्न उचित हुन्छ कि हुदैन ?’
उनले सरकार नियन्त्रित र निर्देशित न्यायपालिका तर्फ अघि बढेको भन्दै आपत्तीसमेत जनाए ।
समितिले शंकाको आधारमा बिना प्रमाण मनगणन्ते आधारमा जोशीको प्रस्ताव अस्वीकृत गर्ने काम गरेको र यसले स्वतन्त्र न्यायपालिकामाथि निर्मम रुपले प्रहार गर्ने काम भएको भन्दै कांग्रेसले अबैध ठहर गरेको पनि उनले बताए ।
न्यायपालिका जस्तो संवेदनशील र गम्भीर विषयलाई दुई तिहाई बहुमतको आधारमा गरिएको निर्णयप्रति कांग्रेसले घोर आपत्ती जनाएको पनि उनले स्पष्ट पारे । कार्कीले आफ्नो धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरु खगराज अधिकारी र विरोध खतिवडाले उठेर विरोध जनाएका थिए ।
कार्की बोलेपछि आफ्नो धारणा राखेका सांसद खगराज अधिकारीले संविधसानको वर्खिलाप हुने गरि प्रतिपक्षी दलबाट आवाज आएको भन्दै रेकर्डबाट हटाउन माग गरे । उनी बोल्दै गर्दा कांग्रेसका सांसदहरुले उठेर विरोध जनाईरहेका थिए ।
कांग्रेसका सांसदहरु उभिदै गर्दा सांसद विरोध खतिवडाले पनि बोलिरहेका थिए । उनले प्रतिपक्ष दलका नेताहरु उछ्रिंखल तर्फ गईरहेको भन्दै भने, ‘दुई तिहाईलाई एक तिहाईले नियन्त्रण गर्न खोज्यो भने अधिनायकवाद सुरु हुन्छ,’ उनले बोल्दै गर्दा कांग्रेसका सांसदहरुले विरोध गरिरहेका थिए ।
कांग्रेसका सांसदहरुले विरोध गरिरहेकै बेला सभामुखले सांसद हृदयेश त्रिपाठीलाई बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेसका सांसदहरुले आसनग्रहण गरेका थिए ।
सांसद त्रिपाठीले प्रतिपक्षीले समितिको विषयलाई संसदको विषय बनाउन खोजेको भन्दै सभामुखबाट रूलिङ हुनुपर्ने माग गरे । उनले २०४८ सालदेखिका प्रधानन्यायाधीशका बारेमा छलफल गरियोस् भनि माग गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: