×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक्सल डेभलोपमेन्ट बैंकको संचालन नाफा घट्यो, प्रति सेयर आम्दानी २२.६१ (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – एक्सल डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यो अवधिसम्म १५ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकको संचालन मुनाफा भनेको घटेको छ भने यो अवधिमा बैंकको खूद ब्याज आम्दानी थोरैले बढेको छ । अघिल्लो वर्ष ३१ करोड ४५ लाख रहेको खूद ब्याज आम्दानी बढेर ३३ करोड ८८ लाख पुगेको छ ।
यता बैंकले १.०२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई ०.६२ प्रतिशतमा झारेको छ भने बैंकले ५ अर्ब २३ करोड निक्षेप संकलन गरी ४ अर्ब २९ करोड बढीको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । बैंकको प्रति सेयर आम्दानी २२.६१ छ भने प्रतिसेयर नेटवर्थ १३८.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.४२ गुणा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: