नेपाल बैंकको एफपीओ भर्न आज अन्तिम मौका, क-कसले पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल बैंकले एफपीओ भर्ने बिहिबार अन्तिम दिन रहेको छ । बैंकले यो एफपीओ आफ्ना संस्थापक तथा सञ्चालक र उनीहरुको परिवारका लागि खुला गरेको हो । यसअघि बिक्री खुला गरेको समयमा संस्थागत र सर्वसाधारण लगानीकर्ताले सबै कित्ता सेयरमा आवेदन नदिएपछि संस्थापक, सञ्चालक तथा तिनका परिवारले समेत भर्न पाउने गरी मंगलबारदेखि यो एफपीओ बिक्री खुला गरिएको हो । 

यसमा संस्थापक, सञ्चालक समितिका पदाधिकारी, बैंक व्यवस्थापन, लेखापरीक्षक लगायतले पनि सेयर भर्न सक्नेछन् । उनीहरुका परिवारले सेयर भर्न सक्नेछन् । अब पनि बाँकी रहेको सबै सेयर अन्डरराइटरले स्वीकार गर्नुपर्नेछ । यसमा सी–आस्वाको माध्यमबाट बिभिन्न बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सकिनेछ ।

नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ । सम्पूर्ण एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Thursday, August 02, 2018

recent

Popular Posts