फर्स्ट माइक्रोफाइनान्सले दिने भयो १२.६३% नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गत आर्थिक वर्षको नाफाबाट फर्स्ट माइक्रोफाइनान्सले  १२.६३% नगद लाभांश दिने घोषण गरेको छ । कम्पनीले सोमबार बसेको सञ्चालक समिति बैठकले १२.६३% ले हुने ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा फर्स्टले १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ छ । फर्स्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा छ ।
प्रकाशित : Tuesday, August 07, 2018

recent

Popular Posts