घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५६ हजार १ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपैयाँ कायम गरेको छ । 
प्रकाशित : Wednesday, August 15, 2018
,

recent

Popular Posts