×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकैसाथ गण्डकी विकास बैंकका चार नयाँ शाखा सञ्चालनमा, ५ नयाँ साखा पनि सञ्चालनको ‘पाइपलाइन’मा !

काठमाडौँ – गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोल रहेका छन् । यससँगै बैंकको शाखा संख्या ७२ पुगेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, ईसीसी/आईपिएस, सी आस्वा, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । बैंकले आ.व. २०७४/७५ मा संचालन मुनाफा रु. ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ५२ करोड र कर्जा तर्फ रु.२० अर्ब ०६ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: