×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गण्डकी बैङ्क र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता. बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छूट पाउने

काठमाडौं – गण्डकी विकास बैङ्कले आफ्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।
 उक्त सम्झौतापत्रमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र गण्डकी विकास बैङ्कका डेपुटी सीईओ समीर बज्रचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात बैङ्कका ग्राहक तथा कर्मचारीले नेपाल मेडिसिटी अस्पतालको सेवामा छूट प्राप्त गर्न सक्नेछन् । 
बैङ्कले एक वर्ष अर्थात आर्थिक वर्ष २०७४/७५ मा मात्रै ७९ करोड ४० लाख रुपियाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यस्तै सोही अवधिमा २३ अर्ब ५२ करोड रुपियाँ निक्षेप सङ्कलन र २० अर्ब छ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: