×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंक र कैलाश विकास बैंकबीच सम्झौता, कैलाशको सबै शाखाबाट ‘गरिमा रेमिट’ सेवा लिन सकिने

काठमाडौँ –  गरिमा विकास बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । 
मिति २०७५ श्रावण ३१ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक  माधवप्रसाद उपाध्याय र कैलाश विकास बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्  । 
सम्झौता पश्चात कैलाश विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: