×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घलेम्दीको ५ लाख ५० हजार कित्ता आइपीओ किन्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – घलेम्दी हाइड्रो लिमिटेडको ५ लाख ५० हजार कित्ता आइपीओ किन्ने आइतबार अन्तिम दिन रहेको छ । यो आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।  कम्पनीले असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ दरको आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले मात्र आवेदन दिन पाउँछन् । 
न्यूनतम ५० कित्तादेखि अधिकतम २७ सय ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदकले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकको बेनी शाखा र गरिमा विकास बैंकको पोखरेबगर शाखाबाट आइपीओ भर्न सक्नेछन् । 
यसको बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गरेको छ । घलेम्दीले पहिलो चरणमा जारी पुँजीको १०% सेयर आयोजना प्रभावितलाई बिक्री गरेको हो । यसपछि फेरि २०% सेयर सर्वसाधारण र कम्पनीका कर्मचारीलाई बिक्री गर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: