×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तले १५% बोनस र साथमा कर तिर्न नगद लाभांश पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । साथै कर तिर्नको लागि लगानीकतालाई नगद लाभांश पनि दिने निर्णय भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयर र कर तिर्न ७ लाख ५८ हजार २८९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । यस लघुवित्तको हाल चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ५८ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: