×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फरक कोण : डाक्टर गोबिन्द केसीको अनुशासन यहि हो ? प्रधानमन्त्रीका अगाडी बस्ने ‘पोज’ यस्तै हुनुपर्ने हो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनसन बसेर धेरैको समर्थन पाएका र धेरैको गालीको पात्र बनेका डाक्टर गोबिन्द केसी पुन: विवादमा तानिएका छन् । यसअघि नागरिकताको मितिलाई लिएरसमेत विवादमा तानिएका उनी पछिल्लो समय प्रधानमन्त्री ओलीसंगको वार्तामा बसेको तरिकाले विवादमा तानिएका हुन् ।
सरकारी निवास बालुवाटारमा ओली र केसीबीच भएको वार्ताका क्रममा डाक्टर केसी उपरखुट्टी लगाएर बसेका छन् । चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएको सहमतिका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका उनले करिव १ घण्टा प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । खुशी भएको बेला दायाँ हातको बुढी औंला ठाडो पार्दै ‘पोज ’ दिने गरेका उनले वार्ताका क्रममा दिएको खुट्टाको पोजले भने उनी विवादमा तानिएका हुन् ।
उक्त भेटका क्रममा तोडमोड नगरी चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्नुपर्ने लगायत नौ बुँदे सहमति तत्काल कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । सार्वजनिक बस चढेर प्रधानमन्त्री कार्यालय आएका केसी र प्रधानमन्त्रीबीच आपसी स्वास्थ्यस्थिति र हालखबर सोधपुछपछि करिव १ घण्टा कुरा भएपनि त्यसको खास निर्कर्ष ननिस्केको केसीले भेटपछी सञ्चारकर्मीसंगको कुराकानीमा भने । बीस मिनेटको प्रतीक्षापछि डा. केसीसहितको टोली बसेको बैठक कोठामा प्रधानमन्त्री पुगेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: