×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खाजको खुद नाफा ९०.२८% घट्दा प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षको चौथो त्रैमासमा गोर्खाज फाइनान्सले खुद नाफा ९०.२८% ले घटेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा खुद नाफा १३ करोड २८ लाख ३३ हजार रुपैयाँ रहेकोमा गत वर्ष १ करोड ९ लाख ३ हजार रुपैयाँमा सिमित रहेको छ । 
यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी पनि २२ करोड ७६ लाख ५७ हजार रुपैयाँबाट घटेर २१ करोड ५९ लाख ७७ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफामा भने राम्रो सुधार देखिएको छ । अघिल्लो वर्ष १६ करोड ३० लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको यो फाइनान्सले गत आवमा १ करोड ३६ लाख ६५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
फाइनान्सले प्रोभिजनमा ७ करोड ४ लाख ६७ हजार रुपैयाँ छुट्याउँदा समग्र नाफामै असर परेको देखिन्छ । यसले ५ अर्ब ५२ करोड ४२ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । खराब कर्जा भने केही घटेको छ । अघिल्लो वर्ष ४.७२% रहेको खराब कर्जा अहिले ४.६७% रहेको छ ।
गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ । जगेडा कोषमा ३३ करोड ३६ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४६ पैसा पर प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४१ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: