गभर्नरको गर्जन, 'सेयर बजार अव बढ्छ,बढ्छ ! नबढी धरै छैन, यसरी नै घटीरहे हामी नियामक चुप लागेर बस्दैनौं'

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल पूँजी बजार लगानीकर्ता संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अब बजार बढ्नुको विकल्प नरहेको दावी गरेका छन् । लगानीकर्ताहरुलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले बजार निरन्तर घटिरहे आफूहरु चूप लागेर नबस्नेसमेत दावी गरेका छन् । ‘आर्थिक विकास र गतिविधिमा अभूतपूर्व उत्साह महसुस गरिएको छ । अब बजार बढ्छ बढ्छ, नबढी धरै छैन । विदेशी र आन्तरिक लगानीकर्तालाई निर्धक्क साथ लगानीको वातावरण बनाउन तथा विश्वास दिलाउन समेत अब सेयर बजार बढ्नैपर्छ ।’ 


साथै उनले बजार घटीरहे आफुहरु चुप लागेर नबस्ने समेत बताएका छन् । ‘बजार यसैगरी घटिरहे हामी चूप लागेर बस्दैनौ । पूँजीबजार जूवा होइन । यहाँ तपाईले १०० रुपैयाँ लगानी गर्दा सुरुमा ५० पैसा मात्र रिटर्न आउला । तर, त्यही ५० पैसा बढेर १ हजारसम्म कमाउने ठाउँ हो पूँजीबजार । आर्थिक विकासको पूर्वाधार हो पूँजीबजार ।तपाई लगानी गर्दै जानुहोस् । क्षणिक रुपमा हरेस नखानुहोस्, सेयरमा गरिएको लगानीले तपाईलाई लाभ दिन्छ दिन्छ । तपाईले लगानीको कला सिक्नुपर्छ । आफूसँग भएको पैसा व्यवस्थापनको कला समेत सिक्नुपर्छ । सुनेर होइन, जानेर लगानी गर्न सक्नुपर्छ । पूँजीबजारको लगानी निकै संवेदनशील कुरा हो, यसमा खेलाँची नगर्नू।’ गभर्नर डा नेपालले भने ।  उनले बजारमा यथेष्ट तरलता भएको र ब्याजदर क्रमशः नियन्त्रित हुँदै गरेकोले बजार आगामी दिनमा बढ्नेसमेत जिकिर गरे ।’
प्रकाशित : Monday, August 13, 2018

recent

Popular Posts