×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुटुक्क थाइल्याल्ड पुगेका ज्ञानेन्द्रले खुफिया एजेन्सीका मानिस भेटे, के विषयमा भयो कुराकानी ?

काठमाडौं – नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ सुटुक्क देशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका छन् ।
ज्ञानेन्द्र थाइल्याल्ड पुगेलगत्तै भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल उनलाई भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ ।
उनीहरुबीचको कुराकानीलाई सार्वजनिक नगरिए पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् । ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् । ज्ञानेन्द्र गत बिहीबार छोरा पारसबाहेक परिवारका सबै सदस्यका साथ बैंककमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: