×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँबाट तामाकोशीको आइपीओ भर्ने आज अन्तिम म्याद, दोलखाबाट कहिलेसम्म भर्न पाइने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काठमाडौं उपत्यकामा रहेको दोलखालीबासीले अपर तामाकोशी हाइड्रोपावरको आइपीओ भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । यस अघि उपत्यकाबाट साउन २५ गतेसम्म मात्र भर्न सकिने व्यवस्था गरिएकोमा आइपीओ भर्ने दोलखालीको चाप अत्यधिक बढेपछि ७ दिन थप गरी शुक्रबार (भदौ १ गते) सम्म पुर्याइएको हो । दोलखा जिल्लाबाटै भने भदौ १४ गतेसम्म आइपीओ भर्न पाउने व्यवस्था रहेको छ । 
अपर तामाकोशीले दोलखा जिल्लाका स्थानीयलाई साउन १६ गतेदेखि १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । आइपीओ खुलेको ८ दिनमै ओभरसब्सक्राइब भएको हो । तामाकोशीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो । कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनुपर्नेछ ।
आइपीओका लागि दोलखामा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगर सहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरका २६ वटा बैंक शाखाबाट आवेदन दिन सकिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: