×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माउन्टेन हाइड्रोको आइपीओ भर्ने आज अन्तिम मौका, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – माउन्टेन हाइड्रो नेपालको आइपीओ भर्ने आइतबार अन्तिम मौका रहेको छ । यो आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिईसक्नुपर्ने छ । कम्पनीले असार २२ गतेदेखि पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ७ लाख ५० हजार कित्तामा फिदिम नगरपालिका र हलिहाङ् गाउँपालिकाका स्थानीयले मात्र आवेदन दिन पाउनेछन् । बाँकी रहेको ५ लाख कित्तामा भने पाँचथर जिल्लाको अन्य क्षेत्रका बासिन्दाले पनि भर्न सक्नेछन् । आइपीओको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ ।
लगानीकर्ताले फिदिमस्थित माउन्टेन हाइड्रोको आयोजना कार्यालय तथा सेन्चुरी बैंक, प्रभु बैंक, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र सिभिल बैंकको फिदिम शाखाबाट आवेदन दिन सक्नेछन् । माउन्टेनको आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । हाल यस कम्पनीको जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: