×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सको ४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । जेबिल्स हकप्रद भर्न १५ दिन समय थप गरेको हो । थपिएको समय पनि अब सोमबार (साउन २८ गते) सकिंदैछ । जेबिल्सले १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ११ हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको हो । 
बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा जेबिल्स फाइनान्स न्यूरोड, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँ छ । ४०% हकप्रदपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: