×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकको श्रमजिवी बचत खाता संचालनमा, यस्ता छन् विशेषताहरु

काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले ‘ज्योति श्रमजिवी बचत खाता’ संचालनमा ल्याएको छ । कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बैंकिङ सुविधासहित यो बचत खाता संचालनमा ल्याएको बैंकले जनाएको छ । 
“वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुटको व्यवस्था गरिएको छ । त्यस्तै, भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ, एबिबिएस, सीआस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशूल्क गरिएको छ । यसबाहेक, लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिइएको छ । स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल लोनको पनि ब्यवस्था गरिएको छ । 
हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने बैंकको योजना छ । हालसम्म बैंकले करिब २ लाखबढि खाताबाट १९अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ । 
हाल ज्योति विकास बैंकको चुक्तापूँजी दुई अर्व ५९ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंक नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रकियामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: