×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारसँग गोविन्द केसीले राखे अर्को माग

काठमाडौँ – डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज गर्न लागिएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
१५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनमा बसेका केसीले सरकारी पक्षसँग सम्झौता भए लगत्तै गएको १० गते अनशन तोडेका थिए ।
तर सम्झौता गरेको १३ दिन भइसक्दा समेत कार्यान्वयनमा सरकारले चासो नदिएको भन्दै केसी पक्षले असन्तुष्टि जनाएको छ । केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनलगायत ९ बुँदामा सम्झौता भएको थियो ।
डाक्टर केसीले आफ्नो स्वास्थ्य अवस्था र सम्झौता कार्यान्वयन गर्न सरकारले ढिलाई गरेको बारे दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: