×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसन लिमिटेडले ३६% बोनस दिंदै…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले ३७.८९% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँको ३६% बोनस र कर तिर्न १.८९% नगद लाभांश दिने निर्णय गरेको हो । बोनस प्रस्तावलाई बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताको खातामा बोनस पुग्नेछ । 
बोनस सेयरपछि लाइफ इन्सुरेन्स कर्पोरेसनको चुक्ता पुँजी १ अर्ब ८१ करोड ५१ लाख ६१ हजार ४०० रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीलाई अझै १८ करोड ४८ लाख ३८ हजार ६०० रुपैयाँ आवश्यक हुने देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: