कमलपोखरीमा गुडीरहेको ''माज्दा' कम्पनीको गाडी एक्कासी पड्कियो, मानिसहरुको भागाभाग

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कमलपोखरीमा गुडीरहेको गाडी एक्कासी पड्किएको छ । कमलपोखरीमा आफ्नै सुरमा हिडीरहेको गाडी एक्कासी बिस्फोट भएको हो । गाडी पड्किएर धुवां उड्न थालेपछी त्यहाँ सवार सबै बाहिर निस्केर भागेका थिए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । घटनाको क्षतिको विवरण भने आउन बाँकी छ । यद्यपी प्रहरीले मानवीय क्षति नभएको जानकारी दिएको छ । 

इन्जिनमा केहि खरावी भएकाले यस्तो भएको हुन सक्ने अनुमान धेरैले लगाएका छन् । पछिल्लो समय माज्दा कम्पनीको गाडीमा इन्जिन खरावी भएको चर्चा चलिरहेका बेला गाडी पड्किएकाले उक्त तथ्य सत्यनजिक पुगेको धेरैको अनुमान छ । माज्दा कम्पनीले नेपालमा आयात गर्ने गाडीको इन्जिन कमसल खालको हुने चर्चा चलिरहेका बेला कमलपोखरीमा भएको यो घटनाले थप आशंका जन्माएको छ ।   
      

प्रकाशित : Wednesday, August 15, 2018

recent

Popular Posts