पूर्वप्रधानमन्त्री माधव नेपालले लिए चावेल, बौद्ध, र जोरपाटीमा ‘सडक एक्सन’

काठमाडौं - नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘सडक एक्सन’ लिएका छन् । बर्षायामसँगै राजधानीका सडकहरु हिलाम्य र धुलाम्य हुन थालेपछि नेता नेपालले भौतिक योजनामन्त्री रघुविर महासेठलाई सडकमा पुरयाए हुन् ।

नेपालले मन्त्रीलाई मात्र नागरिक समक्ष पुरयाएका छैनन् चावेल, बौद्ध, जोरपाटी, साँखु क्षेत्रको सडक निर्माणमा लागेका ठेकेदार, भौतिक मन्त्रालयका सचिव र सडक बोर्डका प्रमुखलाई सडकमा उतारेका छन् ।

जनताको आवाज सुन्दै ठेकेदारदेखि मन्त्रीसम्मलाई यो के हो भन्दै नेता नेपालले प्रश्न गरेका थिए । पूर्वप्रधानमन्त्री नेपाल बौद्ध र चावेल पुगेपछि हजारौ स्थानीयबासी गुनासो सुनाउन सडकमा पुगेका थिए । नेता नेपालले सडक एक्सन लिएपछि ठेकेदारले सडक विभागलाई दोष लगाएको थियो भने सडक विभागले बिद्युत र खानेपानीमाथी दोष थपार्न खोजेको थियो ।

तर नेता नेपालले जनतालाई सास्ती दिने तर दोष अर्काेको थाप्लोमा हाल्ने काम बन्द गर्न उनीहरुलाई चेतानी दिए । तपाईहरु १५ दिनमा काम सक्नुहोस, सवै निकायले सहयोग गर्छ हामी कुरा गरौला, तर काम १५ दिनमा सकिनु पर्छ म फेरी १५ दिनमा अनुगमन गर्न आउँछु ।’
प्रकाशित : Thursday, August 09, 2018
,

recent

Popular Posts