×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महुली सामुदायिक लघुवित्तको खुद नाफा ६१.८३% ले गिरावट, ओरालो लाग्नुको यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ६१.८३% ले घटेको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड ८७ लाख १९ हजार रुपैयाँ खुद नाफा घटेर १ करोड ४७ लाख ७८ हजार रुपैयाँमा सिमित रहेको छ  । 
यस्तै, महुलीको खुद ब्याज आम्दानी १३.४९% ले घटेर १३ करोड १ लाख ७८ हजार रुपैयाँमा कमाएको छ ।अघिल्लो वर्ष १५ करोड ४ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । त्यसैगरी, सञ्चालन नाफा पनि १३.०३% घटेर ५ करोड ४७ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सञ्चालन नाफा ६ करोड २९ लाख २६ हजार रुपैयाँबाट कमाएको थियो । समग्रमा खुद नाफा घट्नुमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा आएको गिरावट मख्य कारण देखिन्छ ।
हालसम्म यस कम्पनीले ७१ करोड ५७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५५ करोड ८८ हजार रुपैयाँ कर्जामा लगानी गरेको छ । चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको महुलीको रिजर्भ कोषमा १५ करोड ७ लाख १५ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारका यो रिजर्भ कोषलाई आकर्षक मान्न सकिन्छ । महुलीले १ करोड ३० लाख रुपैयाँ सम्भावित जोखिमका लािग छुट्याएको छ भने १२ लाख ३९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । 
कम्पनीको खराब कर्जा पनि बढेर १.८३% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.७९% रहेको थियो । प्रतिसेयर आम्दानी पनि ८३ रुपैयाँ २९ पैसाले घटेर २४ रुपैयाँ ६३ पैसा (वार्षिक) मा खुम्चिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको थियो । प्रतिसेयर नेटवर्थ पनि ४४६ रुपैयाँ १५ पैसाबाट ३५१ रुपैयाँ १९ पैसामा आएको छ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको महुलीले ५०% हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: