×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगमाथि मन्त्री मातृका यादवले लिए अर्को ‘एक्सन’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

उद्योगमाथि मन्त्री मातृका यादवले लिए अर्को ‘एक्सन’

वीरगन्ज – वीरगन्जको गण्डक चोक नजिकै रहेको निम्बस ग्रुपको एक उद्योगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले छापा मारेका छन् । गण्डक चोक नजिकै रहेको औद्योगिक घराना निम्बस ग्रुपद्वारा सञ्चालित प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगमा बुधबार मन्त्री यादवले छापा मारेका हुन् ।
प्रो बायोटेक इण्डष्ट्रिज प्रालि उद्योगले खाने रिफाइन तेल, सोयाबिन र भटमासको तेल उत्पादन गर्दै आएको छ । वीरगन्जमा मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा सहभागी भएर बुधबार काठमाण्डु फर्कने क्रममा वीरगन्जबाट सिमरा विमनस्थलमा जाने क्रममा मन्त्री यादवले अचानक उद्योगमा छापा मारेका हुन् ।
नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालयबाट आएका प्राविधिक, जिल्ल प्रशासन कार्यालय पर्साका प्रतिनिधि र सुरक्षाकर्मीका साथ उद्योगमा पुगेका मन्त्री यादवले छापा मार्ने क्रममा उद्योगले उत्पादन गर्दै आएका सबै सामानको नमूना लिएर गएको उद्योगका कर्मचारीले जानकारी दिएका छन् ।
‘प्रो बायोटेक इण्डष्ट्रिज प्रालिले उत्पादन गर्दै बजारमा आपूर्ति गर्दै आएका खाद्यान्नका सामान गुणस्तरहीन भएको गुनासो आएपछि उद्योगमा निरीक्षण गर्न गएको हुँ’ , मन्त्री यादवले भने, ‘शंकास्पद सबै सामानका नमूना लिएर आएको छु , ती नमूना परिक्षणका लागि नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा पठाएको छु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: