×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

काठमाडौं – मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।
उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।
जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थालिन् ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन । मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सकिनन् ।
बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उनले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गरिन् । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याइन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: