×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनताले ल्यायो ‘मेरो तलब खाता’

काठमाडौं – जनता बैङ्कले आकर्षक ब्याजदर, बीमा तथा अन्य सुविधासहित मेरो तलब खाता सञ्चालनमा ल्याएको छ । कर्मचारीलाई लक्षित गरी ल्याएको मेरो तलब खाता शून्य मौज्दातमै खोल्न सकिने बैङ्कले जानकारी दिएको छ । 
खाता योजनामा वार्षिक ७% ब्याज पाइने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खाता योजनाको अन्य सुविधामा निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा, निःशुल्क एबीबीएसलगायत रहेका छन् ।
बैङ्कले हाल १ सय २२ शाखा, ४० शाखारहित बैङ्किङ, दुई सीमित बैङ्किङ एकाइ, दुई एक्सटेन्शन काउण्टर र ७० एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: