मिर्मिरे लघुवित्तको १००% हकप्रद भर्ने मंगलबार अन्तिम दिन, कति पुग्छ चुक्ता पुँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १००% हकप्रदमा आवेदन दिने मंगलबार अन्तिम म्याद हो । मिर्मिरेले असार २७ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।  

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपासहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : Tuesday, August 14, 2018

recent

Popular Posts