मिर्मिरेको १००% हकप्रद भर्न ३ दिन मात्र बाकी, अव आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद भर्न आइतबार समेत गरि ३ कार्य दिन मात्र बाँकी रहेको छ । यसमा साउन २९ गतेसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले असार २७ गतेदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।  

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटसहित शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपासहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Sunday, August 12, 2018

recent

Popular Posts