×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा १०% छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । 
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९५वटा शाखा र १७वटा ए.टि.एम.मार्फत तीन लाख ७५हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: