×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखामार्फत इन्स्योरेन्सका सुविधा लिन सक्ने

काठमाडौं- एनआईसी एशिया बैङ्क र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 
मङ्गलवार आयोजित एक कार्यक्रममा बैङ्कका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 
सम्झौतापस्चात बैङ्कका सबै शाखाबाट ग्राहकले प्रभु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवासम्बन्धी सुविधा लिन सक्ने बताइएको छ ।
हाल बैङ्कले देशभर २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ । गत असार मसान्तसम्म बैङ्कले १ खर्ब ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: