×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकको २२ औं एजिएम सम्पन्न, सभामा १५% बोनश र ०.७८९५ नगद लाभांश पारित

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा श्रावण ३१ गते, बिहिबार सम्पन्न भएको छ । बैंकको साधारण सभा नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ । 
बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ८. अरब ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: