×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफको ६०% हकप्रद भर्ने १५ दिन म्याद थप, अब कहिले सम्म भर्न पाइने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद भर्ने १५ दिनको म्याद थप गरेको छ । कम्पनीले हकप्रद भर्ने म्याद थप गरेर भदौ १९ गतेसम्म पुर्याएको हो । यसअघि नेसनलले साउन १ देखि भदौ ४ गतेसम्मको समय तोकेर १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । तर अब लगानीकर्ताले भदौ १९ गतेसम्म यो हकप्रद भर्न सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगर शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, नेसनलको रजिष्टर्ड कार्यालय लाजिम्पाट र यसका सम्पूर्ण शाखाहरु तथा सी–आस्वाबाट पनि हकप्रद भर्न पाइन्छ । हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: