×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएसमा प्रभु बैंक आवद्ध

काठमाडौं – नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएसको इपेमेन्ट प्रणालीमा प्रभु बैंक पनि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् ।
यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन र छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।
कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा हाल सम्म ३५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म २८ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: