×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियन लाइफले हकप्रद बिक्री गर्न एनआइबीएल एसलाई तोक्यो बिक्री प्रबन्धक

काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ । इन्सुरेन्सको १० औं वार्षिक साधारण सभाले १०:६ अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । यसका लागि बिक्री प्रबन्धकमा एसियनले एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको हो ।
सोही अनुसार हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाइएको हो । यस सम्झौतामा एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआइबीएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । 
कम्पनीले प्रतिसेयर १०० अंकित दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद सेयर बेच्न लागेको हो । हकप्रदपछि एसियनको चुक्ता पूँजी २ अर्व १ करोड रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीहरुले न्यूनतम २ अर्ब रुपैयाँ पुँजी पुर्याउनुपर्ने हुन्छ ।
५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रहेको छ । एसियनको जीवन बीमा कोष १३ अर्ब १३ करोड र कुल लगानी १२ अर्ब २९ करोड ९६ लाख पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: