×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनटिसीमा घोटाला : एनसेलले १० मा किनेको ब्याण्डविथ किन्दा टेलिकमले उही कम्पनीलाई २४ डलर किन तिर्छ ?

  • अर्थ सरोकार इन्भेष्टीगेसन ब्यूरो 
काठमाडौँ – कहिले एप्स निर्माणमा घोटाला त कहिले फोजि जडानमा घोटाला । घोटाला नै घोटालाका कारण ‘घोटाले कम्पनी’को उपनाम पाएको नेपाल टेलिकमभित्रका अन्य थुप्रै घोटालाहरु पनि एक एक गरी बाहिर आउन थालेका छन् । यसैबीच नेपाल टेलिकममा ब्याण्डविथ खरिद गर्दा पनि चर्को घोटाला हुने गरेको खुलासा भएको छ । टेलिकमले ग्लोबल टेन्डरमार्फत गरीद गर्ने ब्यान्डविथको चर्को मूल्य पर्ने गरेको खुलासा भएको हो । सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको ब्याण्डविथ भएपनि टेलिकम र एनसेलले भारतको भारती एयरटेल लिमिटेडसँग ब्यान्डविथ खरिद गर्दा एनसेलभन्दा झन्डै तेब्बर रुपैयाँ टेलिकमले तिरिरहेको छ । 
एनसेलले १० मा किनेको ब्याण्डविथ टेलिकमले उही कम्पनीलाई २४ डलर किन तिर्छ ?
एनसेलले भारती एयरटेल लिमिटेडसँग मासिक ९.९० डलर प्रतिएमबीपीएसका दरले ब्यान्डविथ खरिद गरिरहेको छ भने सोही कम्पनीलाई टेलिकमले भने मासिक २४ डलर प्रतिएमबीपीएस तिरिरहेको छ । यो भनेको झन्डै एक सय ४२ प्रतिशतको फरक हो । एनसेलले भारती एयरटेलबाट अहिले १४.२ जीबी ब्यान्डविथ खरिद गरिरहेको छ। एनसेलले सबैभन्दा सस्तो ९.९० डलर प्रतिएमबीपीएस ब्यान्डविथ खरिद गर्दा नेपाल टेलिकमको १७ डलर प्रतिएमबीपीएस छ। उता एनसेलले भारतको टाटा कम्युनिकेसन लिमिटेडसँग ८ जीबी ब्यान्डविथ १९ डलरका दरले खरिद गरेको छ भने टेलिकमले चीनको चाइना टेलिकमसँग २५ डलरका दरले ब्यान्डविथ खरिद गरिरहेको छ । यसो त नेपाल टेलिकममा यस्तो घोटाला विगत धेरै समयदेखि हुँदै आएको छ । राजनीतिक पावरका भरमा टेलिकममा आउने र टेलिकमको ढुकुटीलाई दोहन गर्ने चलन पूरानो हो । सरकारको आँखा नजाँदा टेलिकममा यस्तो घोटाला बर्षौंदेखि भइरहेको छ । 
के भन्छ नेपाल टेलिकम ?
यता नेपाल टेलिकमले भने सार्वजनिक खरिद ऐन अनुसार काम गर्दा नै मूल्यमा फरक देखिएको दावी गर्ने गरेको छ । सार्वजनिक खरिद ऐन अन्तर्गत रहेर ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा नै टेलिकम महँगोमा पर्न गएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यको दावी छ । ‘टेन्डरमार्फत खरिद गर्दा जुन सस्तो पर्न जान्छ त्यही खरिद गर्ने हो, निजी कम्पनीले आफ्नो रुपमा काम गर्छन्, सरकारीमा त्यसो गर्न मिल्दैन । टेन्डरमार्फत जाँदा सम्झौता अघिनै कम्पनीले बैंक ग्यारेन्टीका रूपमा लागतको १० प्रतिशत राख्नुपर्छ, उनीहरूको त्यो पैसा पनि फ्रिज जस्तै नै हो। त्यसैले त्यसको असर पनि ब्यान्डविथको मूल्यमा पर्न जान्छ। यस्ता थुप्रै कारणले टेलिकमलाई ब्याण्डविथ खरिद महँगो पर्न गएको हो ।’ यसो त यसअघिका घोटाला प्रकरणहरुमा पनि प्रतिमा वैधले ‘घोटाला भएको छैन, सार्वजनिक खरिद ऐन अनुसार नै काम भएको हो’ भन्ने नै उत्तर दिने गरेकी थिइन् । 
हाकिम फेरिए तर व्यवस्था फेरिएन !
नेपाल टेलिकममा बिगत लामो समयदेखि विभिन्न टेन्डरहरुमा यस्तो घोटाला हुँदै आएको छ । पछिल्ला केहि समय हेर्ने हो भने प्रबन्ध निर्देशक बुद्धीप्रसाद आचार्य हुँदा पनि १५ लाखमा बन्ने एप्सलाई ७ करोड खर्च गरेको प्रकरण अर्थ सरोकार डटकमले सार्वजानिक गरेको थियो । पछी कामिनी राज भण्डारी नेपाल टेलिकममा प्रबन्ध निर्देशक भएर आएपछी त झन् टेलिकमका घोटालाहरु यसरी बाहिरिए कि उनले फोजी प्रकरणमा राजीनामा नै दिनुपर्यो । यसरी हाकिम फेरिएपनि टेलिकमभित्रका घोटाला अझै रोकिएका छैनन् ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: