×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको आयोजनामा आज नेपाल बन्द, एकाविहानै ट्रक जलाइयो, अरु प्रभाव कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चन्दा उठाएको अभियोगमा आफ्नो पार्टीका प्रवक्तालाई पक्राउ गरिएपछी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको एक दिने नेपाल बन्दको प्रभाव आंशिक रुपमा देशभर परेको छ । पार्टीले बन्दको पूर्वसन्ध्यामा सोमबार देशका विभिन्न स्थानमा मशाल जुलूस गरेको थियो । मसाल जुलुस गरिएका ठाउँमा अलि बढी प्रभाव देखिएका छन् भने अन्य ठाउँमा सामान्य प्रभाव देखिएको छ ।
काठमाडौँ उपत्यकामा स्कुल-कलेजहरु बन्द छन् । अरु दिनको तुलनामा थोरै मात्र गाडी चलेका छन् । तर दिउँसो गाडी चलाईको यो मात्रा पढ्ने अनुमान गरिएको छ । केहि कल-कारखानाहरु पनि बन्द गरिएका छन् । यद्यपी उपत्यकामा त्यति ठुलो प्रभाव भने देखिएको छैन ।
यद्यपी मोफसलमा बन्दको प्रभाव देखिएको छ । चितवन विहान लगभग ठप्प देखिन्थ्यो । नेपालगंज, भैरहवा, सर्लाही, सिराहा लगायतका ठाउँमा पनि बन्दको प्रभाव परेको हाम्रा स्थानीय सम्बाददाताहरुले जनाएका छन् । विराटनगर, बुटवल, धनगढी, महेन्द्रनगर, रोल्पा, सल्यान, प्यूठान, नेपालगंज, पोखरा, धरानलगायतका ठाउँमा भने बन्दको असर देखिएको छ ।

यता बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: