×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द : प्रभाव न्यून, तर ठाउँ ठाउँमा शंकास्पद बस्तु फेला ! (सबै स्थानका अपडेटसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चन्दा उठाएको अभियोगमा आफ्नो पार्टीका प्रवक्तालाई पक्राउ गरिएपछी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको एक दिने नेपाल बन्दको प्रभाव न्यून भएपनि थुप्रै ठाउँमा शंकास्पद बस्तुहरु फेला परेका छन् । 
सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा बेवारिसे कुकर भेटिएको हो । उक्त कुकर बम भएको शंकामा नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार उक्त बस्तुलाई अहिले निष्क्रिय पारिसकिएको छ । 
यस्तै भक्तपुरको लोकन्थलीमा मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्रयाक रातो प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु देखिएपछि नेपाली सेना र नेपाल प्रहरी घटना स्थल पुगेका छन् । त्यस्तै रुपन्देहीको सैनामैनामा एका विहानै शंकास्पद वस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो । धनगढीमा पनि शंकास्पद बस्तु फेला परेको छ । 
यता बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बताइएको छ । काठमाडौँ उपत्यकामा स्कुल-कलेजहरु बन्द छन् । अरु दिनको तुलनामा थोरै मात्र गाडी चलेका छन् । तर दिउँसो गाडी चलाईको यो मात्रा पढ्ने अनुमान गरिएको छ । केहि कल-कारखानाहरु पनि बन्द गरिएका छन् । 
यद्यपी उपत्यकामा त्यति ठुलो प्रभाव भने देखिएको छैन । यद्यपी मोफसलमा बन्दको प्रभाव देखिएको छ । चितवन विहान लगभग ठप्प देखिन्थ्यो । नेपालगंज, भैरहवा, सर्लाही, सिराहा लगायतका ठाउँमा पनि बन्दको प्रभाव परेको हाम्रा स्थानीय सम्बाददाताहरुले जनाएका छन् । विराटनगर, बुटवल, धनगढी, महेन्द्रनगर, रोल्पा, सल्यान, प्यूठान, नेपालगंज, पोखरा, धरानलगायतका ठाउँमा भने बन्दको असर देखिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: