×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द : २८ वटै वाणिज्य बैंकद्वारा ठाडो अवज्ञा, एक जिल्ले बिकास बैंकले समेत टेरेनन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्द २८ वटै बैंकले अवज्ञा गरेका छन् । विहानैदेखि बन्दको अवज्ञा गर्दै सबै बैंकहरु खुलेका छन् भने बैंकिङ कारोबार पनि निष्फीक्री भइरहेको छ । काठमाडौँमा २८ वटै बैंकका सबै साखा खुला रहेका छन् भने मोफसलका साखाहरुमा पनि बैंकिङ कारोबार भइरहेको छ । यता बिकास बैंकहरुले समेत नेपाल कम्युनिष्ट पार्टीको बन्दको अवज्ञा गरेका छन् ।
केहि बर्षअघि हुने अन्य पार्टीले आयोजना गरेको बन्दमा मुख्य कार्यालय खुलेपनि विभिन्न साखाहरु बन्द हुने गरेका थिए । तर यसपटकको नेकपाको बन्दमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले पार्टीको बन्दलाई सहयोग गरेनन । बैंकहरुमात्र होइन अन्य वित्तीय संस्थाले पनि पार्टीको बन्दको खुला अवज्ञा परेका छन् । मोफसल रहेका एक जिल्ले बैंकहरुसम्मले नेपाल बन्दको दिन बैंकिङ कारोबार गरेका छन् ।  
चन्दा उठाएको अभियोगमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाको आयोजनामा नेपाल बन्दको आह्वान गरिएको थियो । यस क्रममा काठमाडौँ उपत्यकामा बन्दको प्रभाव निकै नै न्यून रहेको छ भने मोफसलमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दकै क्रममा विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् ।   
यस विषयमा हामीले नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानासँग बुझ्ने प्रयास गरेका थियौं । तर उनले हाम्रो फोन उठाएनन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: