×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री ओली र गृहमन्त्रीको बीचमा मारामार, बादललाई कारबाही !

काठमाडौं – पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोधेपछि गृहमन्त्री र प्रधानमन्त्री ओली बिचको विवाद छर्लङ्र्ग बाहिर देखिएको छ ।
प्रधानमन्त्री ओलीले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन गरेपछि सरकारको नेतृत्व गरेकै प्रधानमन्त्री ओली र गृहमन्त्री बादलको बिचमा करिब ५ महिना अघिदेखि चल्दै आएको मनमुटाव बाहिर आएको हो । प्रधानमन्त्री ओलीले गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान आयोगलाई आफ्नो मातहतमा ल्याएपछि शुरु भएको विवाद लेनिन विष्ट प्रकरणले छताछुल्ल भएको छ ।
त्यसो त त्यही काम गृहमन्त्रीले गर्दा गलत हुने र प्रधानमन्त्रीले गर्दा सरकारको लागि ठिक हुने भन्ने होईन होला । यस अघि प्रधानमन्त्री केपी शर्मा ओली आफैले ठाडो निर्देशन दिएर गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको थियो । विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो ।
कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो । तर सोमवार प्रधानमन्त्री निवासमा सम्पादकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताउनुभएको छ ।
कार्यकारी प्रधानमन्त्रीले आफू मातहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाउनुभएको छ । पूर्व लडाकु बिष्ट प्रकरणमा त प्रतिनिधि घटना मात्र हो तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले लामो समयदेखि आफ्नै पार्टीका बरिष्ठ नेता बामदेब गौतमलाई गृहमन्त्री बनाउने गृहकार्य गर्दै आएका थिए ।
उनीहरुले आफ्ना सल्लाह बिपरित गृहमन्त्रीले अनाआवश्यक रुपमा यातायातभित्रको सिण्डिकेट, ठेकेदारहरुको धरपकड र ३३ किलो सुनकाण्डमा हात हालेको भन्दै एउटा निहु बनाएर गृहमन्त्रीलाई कारबाही गर्ने तयार गरेका थिए । दुबै अध्यक्षले गृहमन्त्री बादलले आफुलाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाउने गरेका छन् । नेकपा भित्रैबाट गृहमन्त्रीको राजीनामा समेत माग गर्न थालेपछि ओली गृहमन्त्री बादललाई कारबाही गरेर गौतमलाई गृहमन्त्री बनाउने वा रक्षा मन्त्री ईश्वर पोखरेललाई विकल्पको रुपमा हेर्न थालिएको स्रोतको दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: