हेटौंडाको ओम्याक्स सिनेमामा आगलागी, मानवीय क्षति भने भएन

हेटौंडा - हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । आज बिहान १० बजे बिद्युत सर्ट भएर आगलागी भएको हो । हल मर्मत गर्न भनि बिहानको शो नचलाइएकाले कुनै मानवीय क्षति भने भएन । 

हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्रले आगो निभाउन नसकेपछि नेपाल आयल निगम अमलेखगन्जको वारुणयन्त्र ल्याएर आगो नियन्त्रण गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा डिएसपी नरेश शाहले जानकारी दिए । 

बिहान अचानक हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । आगलागी हुने बित्तिकै वारुणयन्त्र नआईपुगेकाले आगो नियन्त्रण बाहिर गएको हो । आगलागी बाट करौडौंको क्षति भएको अनुमान गरिएको छ ।
प्रकाशित : Wednesday, August 08, 2018

recent

Popular Posts