×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीले भनेः सिंहदरवारमा नांगै हिड्नेको पछि लाग्नु ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्रीले भनेः सिंहदरवारमा नांगै हिड्नेको पछि लाग्नु ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनियता राष्ट्रको हितका लागि कायम राख्ने बताएका छन् । आइतबार ११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूकहाँ राजदुतहरु कागजको खोस्टो हल्लाउँदै आउने खुलासा गरे ।
उनले भने, ‘सूचनाको हक छ । राम्रो छ। मैले सुन्दै छु सदाचार नीति बन्दैछ रे । मैले देखेको छैन । तर राजदुतहरु कागजको खोस्टो हल्लाउँदै यस्तो उस्तो भन्दै आउँछन् । मसँग प्रक्रिया बाट आउँछ । तर उनीहरुसँग पुर्यौउने अरु नै छन् । यस्तो नि छर मलाई थाह छैन भन्दा मैले पाए भन्छन् । प्रमाणीकरण त मैले गर्ने होला । यस्तो काम सरकारले रोक्छ । सरकारसँग पनि गोपनियताको हक छ ।’
ओलीले सुरक्षा निकायले देशको हितका लागि सुचनाहरु सुरक्षित राख्नसक्ने बताए। प्रधानमन्त्री ओलीले स्थानीय तहले लगाएको करको बचाउ गरे । प्रधानमन्त्री ओलीले भर्खरै शुरु भएको स्थानीय तहका केही कमी कमजोरी हुनसक्ने समेत बताए ।
‘सिंहदरबारको अधिकार गाउँमा पुर्या इयो । अहिले केकेमा कर लगाएर बबन्डर छ । भर्खर नाच्न सिक्दै छ । अलिअलि स्टेप त बिग्रिन्छ नि,’ ओलीले भने, ‘अहिले केन्द्रसँग प्रदेशको अधिकार प्राप्तिका लागि लडाइँ छ । स्थानीय तह प्रदेशसँग छ । यस्तो अलिअलि समस्या हुन्छ । ७६१ वटा सरकार छन् । हामी धनमा गरिब हौला, सरकारमा धनी छौं ।’
उनले भदौ १ बाट लागु भएको मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको नबुझीकन विरोध भइरहेको बताए । उनले भने, ‘तीनकरोड जनता छन्, अलिअलि विमति हुन्छ । स्वभाविक हो । तर नबुझी हौवाको भरमा हिड्नु भएन । कोहीकोही नांगै सिंहदरवारमा हिड्लान । माइतीघरमा पनि त्यस्तै होला । अनि उनीहरुकै पछि लाग्नु ?’
संविधानको ४८ औं धारामा अलिकति कर्तव्य उल्लेख गरेपनि कर्तव्य पालना गर्नतर्फ कसैको चासो नदेखिएको ओलीले बताए ।
‘संविधानका धारा १६ देखि ४८ सम्म मौलिक हकका बारेमा लेखेका छौ । कतिवटा देशका सिंगै संविधानभन्दा धेरै हाम्रो मा मौलिक हकमा राखेका छौँ,’ उनले भने, ‘तर अधिकारकामात्र कुरा गर्छौं । आफ्नो कर्तव्यप्रति सजग छैनौं । लेख्ने बोल्नेलाई सुझाव दिन चाहन्छु, भोलि नातिले हजुरबा तपाईंले यस्तो लेख्नु भएको रैछ नि भन्दा लाज नहोस ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: