×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सले १३.६८% लाभांश र ८.६८% नगद, लगानीकर्ताको पोल्टामा ५ % बोनस

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट पोखरा फाइनान्सले १३.६८% लाभांश दिने भएको छ । फाइनान्सले लगानीकर्तालाई ५% बोनस सेयर र ८.६८% नगद दिने निर्णय गरेको हो ।  साउन २८ मा बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
अब यसलाई राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ । पोखरा फाइनान्सले नगद लाभांश बापत ७ करोड ९ लाख ५२८ रुपैयाँ र बोनसका लागि ४ करोड ८ लाख २२ हजार ५०६ रुपैयाँ खर्च गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: